हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र थिमि डुबानमा

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र थिमि डुबानमा : Icon Khabar
फाइल तस्बिर: अमित श्यामा

भक्तपुर, असार २२ । गए राति भएको भिषण वर्षाका कारण काठमाडौं उपत्यका भित्र बग्ने अधिकांश नदीहरुको जल सतह बढेको छ । खासगरी भक्तपुरको हनुमन्ते खोला र काठमाडौं–ललितपुरहुँदै बग्ने बागमती नदीको जलस्तर असामान्य रुपले बढिरहेको छ ।

तस्बिर: अमित श्यामा

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका राम मन्दिर , जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ।

तस्बिर: अमित श्यामा

यसैबीच, जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज भक्तपुर जिल्लास्थित हनुमन्ते खोलाले सतर्कता तह पार गरेको छ । खोलामा जल सतह बढ्दो क्रममा रहेकाले टतिय क्षेत्रमा रहने सबैले सतर्कर्ता अपनाउन विभागले आग्रह गरेको छ ।

तस्बिर: अमित श्यामा

यसैबीच, विभागले आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

आज दिनभरी देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । अहिले काठमाडौं उपत्यकामा वर्षा भैरहेको छ । त्यस्तै मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Published Date: 06 July 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग