हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र थिमि डुबानमा

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र थिमि डुबानमा : Icon Khabar
तस्बिर: अमित श्यामा

भक्तपुर, असार २२ । गए राति भएको भिषण वर्षाका कारण काठमाडौं उपत्यका भित्र बग्ने अधिकांश नदीहरुको जल सतह बढेको छ । खासगरी भक्तपुरको हनुमन्ते खोला र काठमाडौं–ललितपुरहुँदै बग्ने बागमती नदीको जलस्तर असामान्य रुपले बढिरहेको छ ।

तस्बिर: अमित श्यामा

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका राम मन्दिर , जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ।

तस्बिर: अमित श्यामा

यसैबीच, जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज भक्तपुर जिल्लास्थित हनुमन्ते खोलाले सतर्कता तह पार गरेको छ । खोलामा जल सतह बढ्दो क्रममा रहेकाले टतिय क्षेत्रमा रहने सबैले सतर्कर्ता अपनाउन विभागले आग्रह गरेको छ ।

तस्बिर: अमित श्यामा

यसैबीच, विभागले आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

आज दिनभरी देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । अहिले काठमाडौं उपत्यकामा वर्षा भैरहेको छ । त्यस्तै मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
24
+1
3
+1
6
+1
5
Published Date: 06 July 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित